आयुर्वेद (Ayurveda) विश्वकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो, जसको अर्थ 'आयुको ज्ञान' (जीवन विज्ञान) हो [१, ४]। यो वेद (विशेष गरी अथर्ववेद) को उपवेद हो, जसले शरीर, मन र आत्माको सन्तुलन कायम गरी रोग निदान र आरोग्य प्राप्तिमा जडीबुटी, आहार-विहार र योगको माध्यमबाट जोड दिन्छ [२, ४]। यसको मुख्य सिद्धान्त त्रि-दोष (वात, पित्त, कफ) को सन्तुलन हो [१]।
आयुर्वेदको मुख्य परिचय:
- अर्थ: 'आयु' (जीवन) + 'वेद' (ज्ञान) = आयुर्वेद [१]।
- उद्देश्य: स्वस्थ व्यक्तिमा स्वास्थ्यको रक्षा गर्नु र बिरामी भएमा रोगको उपचार गर्नु [८]।
- आधार: यसको मुख्य आधार त्रि-दोष (वात, पित्त, कफ) सिद्धान्त, पञ्चमहाभूत, र सप्त धातु हुन् [१]।
- इतिहास: यसका रचयिता ब्रह्मालाई मानिन्छ र यो ३,००० देखि ५०,००० वर्ष पुरानो ज्ञान मानिन्छ [१, ३]।
- उपचार विधी: जडीबुटी, खानपान (आहार), जीवनशैली (विहार), योग, पञ्चकर्म (शोधन) र शल्य चिकित्सा [२, ४]।
- अङ्गहरू: आयुर्वेदका ८ अङ्गहरू छन् (कायचिकित्सा, शल्य, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, भूतविद्या, रसायन, वाजीकरण) [१]।
- नेपालमा स्थिति: नेपालको मौलिक चिकित्सा पद्धति हो, जसलाई सिंहदरबार बैद्यखाना लगायत सरकारी संरचना मार्फत सेवा प्रदान गरिन्छ [२]।
आयुर्वेदले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न दिनचर्या र ऋतुचर्या (मौसम अनुसारको जीवनशैली) पालन गर्न प्रेरित गर्दछ [२, ३]।
नेपालको सुदुर पुर्वमा रहेको सुन्दर र रमणिय पर्यटकिय जिल्ला ईलाम समुन्द्री सतहबाट १४० मीटर (तराई) देखि उतर तिर चुरे पहाड, मध्य पहाड हुँदै उच्च पहाडी क्षेत्र सम्म फैलिएको छ। १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको यस जिल्लाको पुर्वमा भारतको दार्जिलिङ्ग जिल्ला पश्चिममा पाँचथर र मोरङ्ग, उतरमा पाँचथर र दक्षिणमा झापा जिल्ला सँग सिमाना जोडिएको छ। यस जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानिय तहहरु रहेका छन्। यस जिल्लाको जनसंख्या २०७८ को जनगणना अनुसार २ लाख ७८ हजार ९१६ रहेको छ। जस मध्ये महिला १ लाख ४० हजार १०३ र पुरुष १ लाख ३९ हजार ४३१ रहेको छ। यस जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र को स्थापना वि.स. २०२१ सालमा भएको थियो। यो कार्यालय सुर्योदय नगरपालिका वडा नं ११ आइतबारेमा अवस्थित छ। अझ गौरवको कुरा इलाम जिल्लाको १० वटा स्थानिय तह मध्ये ७ वटाा सरकारी तबरबाट आयुर्वेद चिकित्सा सञ्चालनमा रहेको छ। यस जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्वास्थ्य को बलियो आधारको रुपमा पुरानो माध्यम साथै भरपर्दो, विश्वासिलो तथा अभिन्न अंगको रुपमा रहेको छ।
इलाम जस्तो सुन्दर पर्यटकिय र सांस्कृतिक रूपमा समृद्ध जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा पुर्याउन यस केन्द्रले गाउँ-गाउँसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।यस कार्यालयको कार्यक्षेत्र इलाम जिल्ला भरि रहेको ।यस कार्यालयमा हाल २ जना चिकित्सक सहित जम्मा १६ जना कर्मचारी कार्यरत छन्।। यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, निःशुल्क आयुर्वेदिक औषधी वितरण, पंचकर्म सेवा (स्नेहन, स्वेदन, नस्य आदी, योग सेवा (उपचारात्मक तथा प्रबर्द्धनात्मक), प्याथोलोजी ल्याव सेवा, क्षार सुत्र सेवा, स्तनपायी आमालाई दुग्ध वर्धक औषधि वितरण सेवा, जेष्ठनागरिक सेवा, सेवा, स्वास्थ्य जिवन परामर्श सेवा, नागरिक आरोग्य अभियान कार्यक्रम संचालन तथा नेपाल सरकारबाट तोकिएका ३५ थरीका आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवा, अन्तरङ्ग सेवा तथा स-शुल्क फार्मेसि उपलब्ध छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,इलाम, कोशी प्रदेश अन्तर्गतको एक महत्वपूर्ण आयुर्वेद स्वास्थ्य संस्था हो, जसले जिल्लाभित्रका बासिन्दाहरूलाई परम्परागत आयुर्वेदिक ज्ञान र आधुनिक स्वास्थ्य सेवाको संयोजनमार्फत सुलभ, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। ।यस संस्थाले विगतका वर्षहरूमा विभिन्न स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरी स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको छ। साथै, स्थानीय समुदाय, स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारसँग सहकार्य गर्दै समग्र आयुर्वेद सेवा सुदृढीकरणमा सक्रिय तथा निरन्तररूपमा भुमिका निभाउदै आएको छ।